प्रचण्डलाई सूर्य थापाको प्रश्न- नियुक्तिका बेला साथ दिने सबैले छोड्दा पनि अझै टाँसिएर बस्ने ? – Nepal Press

प्रचण्डलाई सूर्य थापाको प्रश्न- नियुक्तिका बेला साथ दिने सबैले छोड्दा पनि अझै टाँसिएर बस्ने ?

रुपन्देही । नेकपा एमालेका पोलिटब्युरो तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छेपारे प्रवृत्तिको नयाँ वाहक बनेको आरोप लगाएका छन्।

राष्ट्रपति निर्वाचनको संघारमा एमालेलाई धोका दिएर गठबन्धन टुटाएको भन्दै उनले प्रचण्डलाई नियुक्तिको बेला साथ दिएका अधिकांश दलहरूले छोड्दा पनि पदमा टाँसिएर बसेको आरोप लगाए ।

थापाले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै भनेका छन्, ‘नियुक्तिकै संख्या र धरातल भासिएको आजको बेला पुरानो नियुक्तिको पद त्याग गर्ने हिम्मत त कसरी गरौला ? तर छेपारे प्रवृत्तिको नयाँ बाहक बनेर के गरिरहेको यो ?’ ।

प्रधानमन्त्री हुनका लागि १३८ जना सांसदको समर्थन निरन्तर हुनुपर्ने बताउँदै अब ७९ जना सांसदको मात्र समर्थन अहिले रहेको दाबी थापाले गरेका छन्।

‘२०७९ पुस १० गते १६९ सांसदको समर्थनमा प्रधानमन्त्री भएका थियौ। फागुन १५मा आइपुग्दा ७८ं प्लस १४ गरी ९२ जनाको समर्थन फिर्ता भएको घोषणा भइसकेको थाहा भएकै होला’, थापाले भनेका छन्, ‘यसमा १९ जनाको तर्फबाट मन्त्री हुनेहरूले राजीनामा दिएर बाहिरिएको एक महिनाभन्दा बढी नै भएको सम्झना रहेको होला नै, अब बाँकी रह्यो–७९ मात्रै।’

उनले अगाडि लेखेका छन्, ‘कमसेकम दुई महिनाअघि हामीले दिएको पदबाट राजीनामा गरेर यस्तो अनैतिक धृष्टता, फट्याइँ र धोकेबाजको कलंकको कीर्तिमानी तेज धावकको परिचय बदल्ने हो कि ? हुन त दूधको साक्षी बनेको लोभी बिरालो म्याउँ गरिरहेका बेला यस्तो सुझावको के मतलब होला ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर