राष्ट्रपति निर्वाचन : आज उम्मेदवारको नाम सार्वजनिक हुने – Nepal Press

राष्ट्रपति निर्वाचन : आज उम्मेदवारको नाम सार्वजनिक हुने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरुको नाम आज सार्वजनिक गर्ने भएको छ ।

राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने सक्ने कार्यतालिका सँगै आजै उम्मेदवारीको नाम सार्वजनिक गर्न लागेको हो ।

गत १३ फागुनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ उम्मेदवारी दर्ता गराएका थिए ।

उनीहरू विरुद्ध उजुरी आव्हान गरिए पनि कुनै उजुरी नपरेको जनाएको आयोगले आज उम्मेदवारको नाम औपचारिक रूपमा सार्वजनिक गर्न लागेको हो ।

आगामी २५ फागुनमा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर