ओलम्पिक छनोटका लागि महिला फुटबलको प्रारम्भिक टीमको घोषणा – Nepal Press

ओलम्पिक छनोटका लागि महिला फुटबलको प्रारम्भिक टीमको घोषणा

काठमाडौं । पेरिस ओलम्पिक २०२४ का लागि महिला ओलम्पिक फुटबल एशिया छनोटका लागि प्रारम्भिक नेपाली टीमको घोषणा गरिएको छ ।

राष्ट्रिय महिला टीमका मुख्य प्रशिक्षक अनन्त राज तामाङले सोमबार ३५ सदस्यीय प्रारम्भिक टीमको घोषणा गरेका हुन् । छनोट प्रतियोगिताका लागि बन्द प्रशिक्षण मार्च तीनदेखि सुरु गरिने अखिल नेपाल फुटबल संघ(एन्फा)ले जनाएको छ ।

पहिलो चरणको छनोट नेपालले आयोजना गर्ने पक्का भइसकेको छ । यस्तै, समूह ‘सी’ मा रहेको नेपालले अफगानिस्तान र भेतनामको समाना गर्नेछ । दशरथ रंगशालामा हुने प्रतियोगिताको पहिलो खेल नेपालले अप्रिल आठमा भेतनाम र अप्रिल ११मा अफगानिस्तानसँग खेल्नेछ ।

ओलम्पिक छनोटको तयारिका लागि थापाले यसअघि भारतसँगको दुई अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलको प्रशिक्षण सम्हालेका थिए ।

नेपालले भारतसँगको दुवै खेल बराबरी खेलेको थियो । पहिलो खेलमा २–२ र दोस्रो खेल गालरहित बराबरीको नतिजामा सकिएको थियो ।

प्रारम्भिक टीमः

एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, उषा नाथ, बिमला विक, सपना राई , अमृता जैसी, हिरा कुमारी भुजेल, निशा थोकर, समिक्षा घिमिरे, प्रिती राई, अनिता बस्नेत, अनिता केसी, बिमला चौधरी, दीपा शाही, सरु लिम्बु, रेनुका नगरकोटे, सबिता राना मगर, निर्मला विक, साबित्रा भण्डारी, अमिसा कार्की, रस्मि कुमारी घिसिङ, रेखा पौडेल, रजनी थोकर, पुजा राना, दिपा नौपाने, सरस्वती आयर, सरस्वती हमाल, अन्चली वाइबा, सृजान चेम्जोङ, गंगा गुरुङ, मन्जली कुमारी योञ्नन, चन्द्रा भण्डारी, प्रतिक्षा चौधरी, मेनुका आले मगर, सारा बज्राचार्य

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर