क्यानद्वारा सेभेन थ्री स्पोर्टससँगको सम्झौता रद्द : भुक्तानी गर्न बाँकी रकम असुल्ने जिम्मा केन्द्रीय समितिलाई – Nepal Press

क्यानद्वारा सेभेन थ्री स्पोर्टससँगको सम्झौता रद्द : भुक्तानी गर्न बाँकी रकम असुल्ने जिम्मा केन्द्रीय समितिलाई

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँगको सम्झौता रद्द गरेको छ ।

सुर्खेतमा भएको वार्षिक साधारण सभाले नेपाल टी-२० लिगमा स्टार्टेजिक तथा कमरर्सियल पार्टनर रहेको सेभेन थ्रिसँग गरेको ८ वर्षको सम्झौता रद्द गर्ने निर्णय गरेको हो ।

गत पुस ९ देखि २७ सम्म आयोजना भएको नेपाल टी-२० लिगमा कर्मसियल र स्टाटेजितक पार्टनर रहेको सेभेन थ्री स्पोर्टसले सम्झौता बमोजिम कार्य नगरेको साथै स्पट फिक्सिङमा कम्पनीका सञ्चालक जतिन अहलुवालीया र सिईओ अभिषेक शकलानी संलग्न भएको भनी काठमाडौं जिल्ला अदालमा समेत अभियोग दर्ता भएकाले सेभेन थ्रीसँगको सम्झौता रद्द गरेका क्यानले जनाएको छ ।

यस्तै, सेभनेल थ्री स्पोर्टसले क्यानलाई भुक्तानी गर्न बाँकी रकम असुल उपर गर्नका लागि कानूनी प्रक्रिया अगाडि बढाउन केन्द्रीय कार्यसमितिलाई क्यान वार्षिक साधारण सभाले जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर