अस्थिर राजनीतिले अर्थतन्त्र समस्यामा छ : मन्त्री श्रेष्ठ – Nepal Press

अस्थिर राजनीतिले अर्थतन्त्र समस्यामा छ : मन्त्री श्रेष्ठ

हेटौँडा । वागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठले देशको राजनीतिमा देखिएको अस्थिरताले अर्थतन्त्रमा पनि समस्या आएको बताएका छन् ।

उद्योग वाणिज्य संघ मकवानपुरले हेटौँडामा गरेको ‘इम्प्लोयर्स मिट’ कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले स्थिर राजनीतिक अवस्थाको सृजना नहुँदा लगानीकर्ताहरुमा पनि अन्योलता बढेको र अर्थतन्त्रमा समेत नकारत्मक असर परेको उल्लेख गरे ।

नेपालको उद्योग क्षेत्रलाई बलियो बनाउन राजनीतिले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै मन्त्री श्रेष्ठले पछिल्लो समयमा विश्वब्यापी समस्याको रुपमा देखिएको कोरोना महामारी तथा विभिन्न युद्धको असर नेपाली अर्थतन्त्रमा समेत परेको बताए ।

नेपालकै गौरवको रुपमा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको विषयमा केन्द्रीय सरकारका मन्त्रीहरुले हेटौँडामा आएर प्राथमिकता सहित बोल्ने तर कार्यन्वयनको पक्षमा भने कुनै पहल नगरेको भन्दै मन्त्री श्रेष्ठले उद्योगलाई पुन सञ्चालन गर्ने कुरा हल्का रुपमा नलिनको लागि अनुरोध गरे ।

नेपालमा अझै उद्योगहरुको लागि दक्ष जनशक्ति कम रहेको भन्दै मन्त्री श्रेष्ठले वागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले एक वर्षभित्र १० हजार नागरिकलाई तालिम प्रदान गरेर दक्ष बनाउने अभियानमा लागेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर