चोभार सुख्खा बन्दरगाह सञ्चालनमा आएको ११ महिनामा १०९ कन्टेनर मात्र आए – Nepal Press

चोभार सुख्खा बन्दरगाह सञ्चालनमा आएको ११ महिनामा १०९ कन्टेनर मात्र आए

काठमाडौं । सरकारले वस्तु आयात र निर्यातको लागि सहज होस् भनेर चोभार सुख्खा बन्दरगाह सञ्चालनमा ल्याएको थियो । तर, सुख्खा बन्दरगाह सञ्चालनमा आएको १० महिना १८ दिनमा जम्मा १०९ वटा मात्रै कन्टेनर चोभार आएका छन् ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका अपरेटर अधिकृत शान्तिला कार्कीले सुख्खा बन्दरगाह सञ्चालनमा आएको ३२३ दिनसम्मा १०९ वटा कन्टेर आएको जानकारी दिइन् ।

१०९ मध्ये ४ वटा कन्टेनर मार्फत नेपालको बस्तु विदेश निर्यात भएको छ । बस्तु आयात भने तेस्रो मुलुकबाट मात्रै हुने गरेको विकास समितिले बतायो ।

दुई सय २० रोपनीमा बन्दरगाह निर्माण भएको बन्दरगाहमा ५ सय कन्टेनर राख्न सकिने सुविधा छ । पाँचवटा ब्लकको गोदाम बनेका छन् । १ हजार ३ सय वर्गमिटरमा खुला जाँचक्षेत्र रहेको छ । यस्तै, यहाँ सामान जाँच्ने स्टेसन, लोड-अनलोड, नापतौल र नियन्त्रण कक्ष, पार्किङ तथा सडक निर्माण गरिएको छ ।

बन्दरगाहमा ३ वटा मुख्य गेट, भन्सार, क्वारेन्टाइन र प्रशासनिक गरी ३ वटा भवन, ३ वटा गोदाम, ३ वटा सवारीसाधनको चेकजाँच गर्ने संरचना निर्माण भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *