सन्दीपलाई यथाशीघ्र यूएई पठाइने, आइसीसीसँग आजै अनुमति माग्ने तयारी – Nepal Press

सन्दीपलाई यथाशीघ्र यूएई पठाइने, आइसीसीसँग आजै अनुमति माग्ने तयारी

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा भाग लिन नेपाल क्रिकेट संघ (क्यान)ले तत्काल पहल सुरु गर्ने भएको छ ।

क्यानका प्रवक्ता दुर्गा पाठकले आइसीसीसँग अनुमति लिएर अन्य प्रक्रियाहरु पूरा गरी सन्दीपलाई यूएई पठाइने जानकारी दिए ।

आज सर्वाेच्च अदालतले सन्दीपमाथि विदेश भ्रमणको प्रतिवन्ध फुकुवा गरेपछि उनलाई यूएइ जान बाटो खुलेको हो । सर्वोच्चले सन्दीपको रोक्का भएको राहदानी फुकुवा गर्न पनि आदेश दिएको छ ।

पाठकले नेपाली टिममा सन्दीपलार्ई थप्नका लागि आजै अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)मा अनुमति माग्ने बताए ।

‘हामी आजै आइसीसीमा पत्र पठाउछौं । उताबाट अनुमति आएपछि टिम म्यानेजरसँग सल्लाह गरेर निर्णय लिइन्छ,’ उनले भने ।

नेपालको टिम शनिबार यूएई भ्रमणका लागि प्रस्थान गरेको थियो । नेपालले आज आफ्नो पहिलो म्याच पपुवा न्यूगिनीसँग खेलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *