पीएनजीविरुद्ध कुशलको अर्धशतक – Nepal Press

पीएनजीविरुद्ध कुशलको अर्धशतक

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत यूएईमा आजदेखि सुरु त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा पपुवा न्यूगिनि(पीएनजी)विरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् ।

दुबई अन्तर्राष्ट्रिय क्रिकट रंगशालामा पीएनजीले दिएको २०४ रनको लक्ष्य पछ्याउने क्रममा कुशलले ५९ बलमा ५ चौकासहित अर्धशतक बनाएका हुन् ।

उनले पहिलो विकेटका लागि आसिफ शेख सँग ७६ रनको साझेदारी गरेका थिए ।

यो कुशलको चौथो एकदिवसीय अर्धशतक हो । नेपाल १९ ओभरको समाप्तिमा १०३/२ को स्थितिमा छ ।

यसअ क्रिजमा कुशललाई कप्तान रोहित पौडेलले साथ दिईरहेका छन् । यअसघि, आसिफ शेख ३९ बलमा ५ चौकासहित ४४ रनमा आउट भएका थिए भने, ज्ञानेन्द्र मल्ल ४ रन बनाएर पभेलियन फर्किए ।

पीएनजीविरुद्ध जितका लागि नेपाललाई बाँकी ३१ ओभरमा १०१ रनको आवश्यकता छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर