हुण्डाईको विद्युतीय गाडीमा एक्सचेन्ज अफर – Nepal Press

हुण्डाईको विद्युतीय गाडीमा एक्सचेन्ज अफर

काठमाडौं । नेपालमा हुण्डाई गाडीको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय गाडीमा एक्सचेन्ज अफरको घोषणा गरेको छ ।

आफर अन्तर्गत ग्राहकले आफ्ना कुनै पनि विद्युतीय गाडी ल्याई हुण्डाईको विद्युतीय गाडी ‘कोना’ वा ‘आइओएनआइक्यु’ सँग साट्न सक्ने कम्पनीले बताएको छ ।एक्सचेन्ज योजनामा ‘कोना’ को न्युनतम एक्सचेन्ज मुल्याङ्कन ४० लाख रुपैयाँ कायम गरिएको हालसम्मको मुल्याङ्कनमा सब भन्दा बढी रहेको जनाएको छ ।

योजना नेपालभरिको हुण्डाई सोरुममा उपलब्ध रहेको कम्पनीले बताएको छ । कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टर सहित ४० वटा चार्जिङ्ग स्टेशन मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *