खानेपानीमा राजनीति नगर्न खानेपानीमन्त्रीकाे निर्देशन (भिडिओ) – Nepal Press

खानेपानीमा राजनीति नगर्न खानेपानीमन्त्रीकाे निर्देशन (भिडिओ)

काठमाडौं । खानेपानीमन्त्री अब्दुल खानले खानेपानीमा राजनीति नगर्न संस्थानका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । सोमबार नेपाल खानेपानी संस्थानको ३४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

मन्त्री खानले खानेपानी संस्थानलाई राजनीतिक अखडा बनाए सह्य नहुने चेतावनी दिए । उनले खानेपानी संस्थान आम सर्वसाधारणहरुलाई स्वच्छ र सफा खानेपानी वितरणका लागि निर्माण भएकाले त्यसलाई राजनीतिक अखडा बनाउन नहुने बताए।

उनले खानेपानी संस्थानमा बसेर पार्टी र व्यक्तिको लागि राजनीति आफ्नो कार्यकालमा नगर्न चेतावनी दिए । उनले भने, ‘नेपालको राणाकालीन अवस्थादेखि खानेपानीको वृत्तमा सञ्चालन भएको खानेपानीको अवस्थाका देशका विभिन्न भागमा सञ्चालन छ । तर राजनीतिको अखडा नबनाउँ । राजनीति गर्नु नै छ भने फिल्डमा आउनुस्, अरु पार्टीमा स्थान दिएनन् भने म मेरो पार्टीमा राम्रो स्थान दिन्छु । तर खानेपानीमा राजनीति नगर्नुस् । राजनीति गरौँ तर यसमा प्रधानमन्त्रीको अघि धर्ना बसेर, अर्थ मन्त्रालयको अघि बसेर धर्ना दिऔँ म अगाडि हुन्छु तर कर्मचारीलाई उचालेर राजनीति नगरौँ ।’

मन्त्री खानले खानेपानी संस्थानलाई निजीकरण गर्ने हो भने खानेपानी संस्थानमा रहेका कर्मचारी र सरकारको आवश्यक के हो भन्दै प्रश्न गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर