आईसीसी लिग-२: प्रतिशलाई डेब्यू विकेट – Nepal Press

आईसीसी लिग-२: प्रतिशलाई डेब्यू विकेट

काठमाडौं । जारी आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूइईमा आजदेखि सुरू त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध प्रतिश जिसीले डेब्यू विकेट लिएका छन् ।

दुबई अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर पहिला फिल्डिङ रोजेको नेपालका लागि प्रतिशले ३३.३ ओभरमा पीएनजीका हिरीरिहीलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराउँदै उनले डेब्यू विकेट लिएका हुन् ।

नेपालको बलिङमा गुलसन झाले तीन विकेट लिएका छन् भन्, कुशल मल्ल, सोमपाल कामी ले एक-एक विकेट लिएका छन् । पीएनजीले ४१ औं ओभरको समाप्तिमा ६ विकेट गुमाएर १४४ रन बनाएको छ । क्रिजमा चाड सोपर र रिले हिकुरे छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर