नेपाललाई तेस्रो सफलता, गुलसनले लिए दुई विकेट – Nepal Press

नेपाललाई तेस्रो सफलता, गुलसनले लिए दुई विकेट

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ आन्तर्गत यूएईमा आजदेखि सुरु त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा पपुवा न्यूगिनीविरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ ।

दुबइ अन्तर्राष्ट्रिय रंगशालामा टस जितर पहिला फिल्डिङ रोजेको नेपालका लागि गुलसन झाले दुई र सोमपाल कामीले एक विकेट लिए ।
ओपनर टानी उरालाई पाँचौ ओभरको पहिलो बलमा बोल्ड आउट गराउँदै सोमपालले नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

त्यसपछि ब्याटिङमा संघर्स गरिरहेको पीएनजीका अर्का ओपनर किपलिन डोरिगालाई १८औं ओभरको अन्तिम बलमा गुलसन झाले करण केसी बाट क्याच आउट गराउँदै दोस्रो सफलता दिलाए ।

व्यक्तिगत दोस्रो विकेट लिनेक्रममा गुलसनले डोरिगासँग अर्धसतकीय साझेदारि गरेका सेसे बाउ लाई २३.२ ओभरमा बोल्ड आउट गर्दै पभेलियन फर्काएका थिए ।

पीएनजी २६ ओभरको समाप्तिमा ९०/३ को स्थितीमा छ । क्रिजमा कप्तान आसाद भाला र काल्र्स अमिनी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर