मन्त्रिपरिषदको निर्णय विपरीत परराष्ट्रमन्त्री जेनेभा जान रोकिएकोमा एमालेको आपत्ति – Nepal Press

मन्त्रिपरिषदको निर्णय विपरीत परराष्ट्रमन्त्री जेनेभा जान रोकिएकोमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेले परराष्ट्रमन्त्री विमला राई पौडेललाई जेनेभा जान रोक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कदमप्रति आपत्ति जनाएको छ ।

आजको सचिवालय बैठकपछि उपाध्यक्ष विष्णु पाैडेलले एमालेका मन्त्रीहरूप्रति प्रधानमन्त्रीको व्यवहारले पनि तत्काल सरकार छोड्न बाध्य बनाएको उल्लेख गरे ।

मन्त्रिपरिषदले निर्णयसमेत गरिसकेर भ्रमणमा जाने तयारीमा रहेका मन्त्रीलाई रोक्नु आपत्तिजनक रहेको एमालेले ठहर्‍याएको छ ।

मन्त्री पौडेलले भने, ‘यसले नकारात्मक सन्देश गएको छ र राष्ट्रको इज्जतमाथि प्रतिकुल प्रभाव पारेको छ ।’

प्रधानमन्त्रीले एमालेले स्वेच्छाले सरकार नछाडेमा आफैँ हटाउने वा मन्त्रीहरूलाई विभागीय बनाउनेसम्मको तयारी गरेको पौडेलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर