माधवप्रति बाबुरामको व्यंग्य- १० सीटेको भागमा ६६ दिन प्रधानमन्त्री – Nepal Press

माधवप्रति बाबुरामको व्यंग्य- १० सीटेको भागमा ६६ दिन प्रधानमन्त्री

नयाँ गठबन्धनप्रति पोखे असन्तुष्टि

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आठदलीय गठबन्धन र भागबन्डाका लागि गरिएको सहमतिप्रति टिप्पणी गरेका छन् ।

भट्टराईले ट्वीटमार्फत आठ दलले आलोपालोमा माधव नेपाललाई प्रधानमन्त्री छुट्याएकोतर्फ पनि व्यंग्य गरेका छन् ।

‘दलीय भागबन्डा गर्दा १० सीटवाला पार्टीलाई ६६ दिन पर्दोरहेछ ! त्यसैमा राष्ट्रिय सहमति गर्ने हो त ?’, बाबुरामले लेखेका छन् ।

उनले प्रतिनिधिसभाका सबै सदस्यलाई ५ वर्षको कार्यकालमा पालैपालो प्रधानमन्त्री बनाउँदाको हिसाबसमेत पेस गरेका छन् ।

बाबुरामले लेखेका छन्, ‘२७५ जना प्रतिनिधिसभा सदस्यलाई पाँच वर्षको संसदको पूरै कार्यकालमा पालैपालो प्रम बनाउॅदा एउटाको भागमा ६ दिन १४ घण्टा २४ मिनेट पर्दो रहेछ ! दलीय भागबण्डा गर्दा १० सीटवाला पार्टीलाई ६६ दिन पर्दो रहेछ ! त्यसैमा राष्ट्रिय सहमति गर्ने हो त ? सुशासन र समृद्धिको पहिलो शर्त राजनीतिक स्थिरता हैन ?’

यसअघि गएराति भट्टराईले जनसरोकारका मुद्दा ओझेलमा पर्दै गएको भन्दै अहिलेको आठदलीय गठबन्धनप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालबाट अभिव्यक्ति सार्वजनिक गरेका थिए । भागबन्डाकै लागिमात्र गठबन्धन र सरकार परिवर्तन भएको उनको टिप्पणी छ ।

चुनावको तीन महिनामै दुईवटा गठबन्धन र सरकार परिवर्तन भएकोतर्फ ईंगित गर्दै भट्टराईले विचार, नीति, कार्यक्रमको कुनै तादम्यता नमिलेको समेत बताएका छन् ।

‘आमनिर्वाचनको तीन महिनाभित्र दुई गठबन्धन र सरकार परिवर्तन ! गठबन्धनमा विचार, नीति, कार्यक्रमको कुनै तादात्म्य नास्ति !दल र नेताहरूको निम्ति राजकीय पदको भागबन्डा मुख्य मुद्दा ! संसदको एउटा कार्यकालका लागि तीन प्रमको अग्रिम बाँडफाँट ! जनसरोकारका मुद्दा नास्ति ! यही हो लोकतन्त्र ? हामी कता जादैछौं ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर