सोमबार सुनको मूल्यमा गिरावट – Nepal Press

सोमबार सुनको मूल्यमा गिरावट

काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मूल्य फेरी घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य २ सय रुपैयाँले घटेर १ लाख १ हजार ८ सय रुपैयाँ कायम रहेको छ ।

अघिल्लो दिन आइतबार मात्रै १४ सय रुपैयाँले घटेर १ लाख २ हजार रुपैयाँमा झरेको थियो ।

त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी सोमबार चाँदी ५ रुपैयाँले घटेर १ हजार २ सय ५५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *