प्रधानमन्त्रीको दोहा भ्रमण रद्द, नारायणकाजीले प्रतिनिधित्व गर्ने – Nepal Press

प्रधानमन्त्रीको दोहा भ्रमण रद्द, नारायणकाजीले प्रतिनिधित्व गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दोहा भ्रमणमा नजाने भएका छन् ।

अल्पविकसित राष्ट्रहरूको पाँचौँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री फागुन १९ गते शुक्रबार कतार जाने कार्यक्रम थियो । तर अन्तिम समयमा उनको भ्रमण रद्द भएको छ ।

उक्त सम्मेलनमा प्रधानमन्त्रीको ठाउँमा उपप्रधानमन्त्री नारायणकाजी जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए ।

राष्ट्रपतिको निर्वाचन लगायतका राजनीतिक परिस्थितिको उनी दोहा जाने कार्यक्रम रद्द गरिएको बताइएको छ ।

फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दोहा जाने तयारीमा थिए ।

 

प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीको दोहा भ्रमण रद्द, नारायणकाजीले प्रतिनिधित्व गर्ने

  1. म त भन्दै थिएँ । रद्द हुन्छ भनेर । दिल्लीले मोदीको पहिला दर्शन नगरी किन अन्त भनेर थर्काएछ । टट्टुले आदेश पालना गरिहाल्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर