आठ दलको बैठकमा प्रस्तावित राष्ट्रपति रामचन्द्रदेखि एलिजा गौतमसम्म – Nepal Press

आठ दलको बैठकमा प्रस्तावित राष्ट्रपति रामचन्द्रदेखि एलिजा गौतमसम्म

काठमाडौं । नवनिर्मित आठ दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी रहेको छ । राष्ट्रपतिमा रामचन्द्र पौडेललाई प्रस्तावित गरिएपछि पहिलो बैठक आज बसेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन् । यसैगरी आठ दलबाट प्रस्तावित राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काको उपस्थिति छ । माओवादीका शक्ति बस्नेत, देव गुरुङ लगायतका नेताहरु छन् ।

नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ र नेतृ एलिजा गौतम सहभागी छन् । पत्रकार ऋषि धमलाकी पत्नी एलिजा केही दिनअघि सो पार्टी प्रवेश गरेकी थिइन् । पार्टीको केन्द्रीय समितिमा उनलाई रञ्जिताले शीर्ष तहकै बैठकमा लगेकी हुन् । रञ्जिता र एलिजा सँगै बसेका छन् ।

प्रतिक्रिया

One thought on “आठ दलको बैठकमा प्रस्तावित राष्ट्रपति रामचन्द्रदेखि एलिजा गौतमसम्म

  1. एउटा दिल्लीको एजेण्टले परिवारको सदस्यलाई पनि पठाएछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर