प्रचण्डले रोके परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण – Nepal Press

प्रचण्डले रोके परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण

काठमाडौं । सरकारबाट एमालेकाे बहिर्गमन खाेजिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको तय भइसकेको विदेश भ्रमण रोकिदिएका छन् ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको वैठकमा भाग लिन मन्त्री पौड्याल आज जेनेभा जाने कार्यक्रम थियो ।

मन्त्री पौड्याल सोही बैठकमा भाग लिएर कतारको दोहामा हुने अतिकम विकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको थियाे ।

पररराष्ट्रमन्त्रीको भ्रमण मन्त्रिपरिषदले स्वीकृत गरिसकेको थियो भने उनले पनि सबै तयारी गरिसकेकी थिइन् । तर, आज प्रधानमन्त्रीले पौडेललाई जेनेभा नजान मौखिक निर्देशन दिएको स्रोतले बतायो । प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री रोकिएकी छन् ।

हिजोमात्र परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरेर यस भ्रमणबारे जानकारी गराएको थियो । मन्त्री पौड्यालले परिषदको बैठकमा नेपालले मानव अधिकारको क्षेत्रमा हासिल गरेका उपलब्धिहरुका बारेमा सम्बाेधन गर्ने कार्यक्रम रहेको बताएकी थिइन् । नेपाल राष्ट्रसंघीय मानव अधिकार परिषदको सदस्य राष्ट्र हो ।

प्रतिक्रिया

2 thoughts on “प्रचण्डले रोके परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण

  1. सरकार तिम्रो परिवारको सम्पत्ति हो चाहेको गर एकदिन अवस्य नेपाली जनता सचेत हुनेछन् तिमीहरू भाग्ने दिन अब नजिकै छ

  2. दिल्लीको भाडाको टट्टुको निजी सम्पत्ति हो सरकार भनेको ? संसारको सबैभन्दा लाज नभएको , अनैतिक र ज्यानमारा नेपालमा नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर