कांग्रेसले प्रचण्डलाई कुनैपनि हालतमा धोका दिँदैन : मिन विश्वकर्मा (भिडिओ) – Nepal Press

कांग्रेसले प्रचण्डलाई कुनैपनि हालतमा धोका दिँदैन : मिन विश्वकर्मा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले आफ्नो दलले प्रधानमन्त्री प्रचण्डलाई कुनैपनि हालतमा धोका नदिने बताएका छन् ।

आइतबार काठमाडौंमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदा दुई तिहाई बहुमत पुर्याउने आफूहरुको तयारी रहेको पनि बताए । उनले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनपछि नै सरकारको स्वरुप निर्धारण हुने जानकारी दिए ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का नेता सोमप्रसाद पाण्डेले अहिले राष्ट्रपतिको निर्वाचनलाई लिएर बनेको आठ दलीय गठबन्धन लामो समयसम्म जाने दाबी गरे । राष्ट्रपतिको निर्वाचनमा पार्टीले कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई प्रस्ताव र समर्थन गरिसकेकोले त्यसबाट दायाँबायाँ नहुने पनि उनको भनाइ छ ।

त्यस्तै, नेकपा (एमाले) का नेता माधवप्रसाद ढुंगेलले अहिलेको संसद्मा भएको प्रतिनिधित्वले राजनीतिलाई स्थिरता नदिने जिकिर गरे । उनले राष्ट्रपतिमा पार्टीले अघि सारेको उम्मेदवार सुवासचन्द्र नेम्वाङ योग्य र सक्षम भएकोले निर्वाचित हुने विश्वास व्यक्त गरे ।

साक्षात्कारमा जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले निर्वाचनअघिको पाँच दलीय गठबन्धन भत्किनै लाग्दापनि आफू उक्त गठबन्धन जोगाउनुपर्ने पक्षमा उभिएको र त्यसको लागि निकै धेरै प्रयत्न गरेको र अहिलको नयाँ गठबन्धन देशको हितमा रहेको बताए ।

प्रतिक्रिया

3 thoughts on “कांग्रेसले प्रचण्डलाई कुनैपनि हालतमा धोका दिँदैन : मिन विश्वकर्मा (भिडिओ)

  1. दिल्लीका टट्टुहरूले देशमा अस्थिरता मच्चाएर नदीनाला बेच्ने र देशको स्वाभिमान पनि बेच्ने काम गर्न खोज्दछन । तर खवरदार टट्टुहरू जनताले तिमीहरूलाई मोदीको ढोके बन्न पठाइदिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर