केपी ओली कप : पहिलो सेमिफाइनल वर्षाले प्रभावित, बाँकी खेल भोलि हुने – Nepal Press

केपी ओली कप : पहिलो सेमिफाइनल वर्षाले प्रभावित, बाँकी खेल भोलि हुने

काठमाडौं । केपी ओेली फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेल वर्षाका कारण प्रभावित भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको सातदोबाटो युथ ब्लब र त्रिभुवन आर्मी क्लबबीचको पहिलो सेमिफाइनल खेल ५३ मिनेट भएपछि स्थगित भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३ मिनेटसम्म पनि गोल हुन सकेको थिएन ।

वर्षाका कारण खराब प्रकाश भएपछि बाँकी खेल भोलिलाई सारिएको हो ।

५३ मिनेट पछिको बाँकी खेल सोमबार ११ः०० बजे हुनेछ ।

केपी कपको दोस्रो सेमिफाइनलमा केपी एफसी र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर