सरकारले १० अर्ब दिए सहकारीका समस्या समाधान हुन्छ: अध्यक्ष उप्रेती (भिडिओ) – Nepal Press

सरकारले १० अर्ब दिए सहकारीका समस्या समाधान हुन्छ: अध्यक्ष उप्रेती (भिडिओ)

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्क्षय केबी उप्रेतीले सरकारले १० अर्ब दिए सहकारी समस्या समाधान हुने बताएका छन् । सहकारी क्षेत्रको समस्यालाई लिएर आइतबार भएको अन्तरक्रियामा उनले भने, ‘अहिले सहकारी बचाउनुपर्‍यो । त्यसपछि सुशासनमा लैजानुपर्छ ।’

सहकारीमा विश्वासको माहोल सृजना गर्नुपर्ने उनको भनाइ छ ।

‘सहकारीले पैसा खायो, सहकारी भाग्यो जस्ता मिडियामा आएका खबरले गर्दा समय नपुग्दै बचतकर्ता आफ्नो बचत फिर्ता लिन आतुर भइरहेकाले यो संकट सृजना भएको हो’, अध्यक्ष उप्रेतीले भने, ‘जसले सहकारीको पैसा तिर्न खोजिरहेका छैनन्, उनीहरुले सहकारी बन्द हुन लाग्यो, सहकारी भाग्न लाग्यो भनेर हल्ला फैलाइरहेका छन् । त्यस्ता व्यक्तिलाई सरकारले पत्र लेखेर ३ पुस्तासम्मको जग्गा रोक्का गरिदिनुपर्‍यो ।’

सहकारीमा ३ अर्ब शेयर पूँजी रहेको उनको भनाइ छ । २ अर्ब तरलता व्यवस्थापन कोष छुट्याएर राखेको र सरकारले १० अर्ब दिए हाल सहकारीमा देखिएको समस्या समाधान हुने उनको तर्क थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *