नेप्सेमा सकारात्मक परिवर्तन – Nepal Press

नेप्सेमा सकारात्मक परिवर्तन

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेप्सेमा हरियाली देखिएको छ ।

आज नेप्से परिसूचक ४.५५ अंकले बढेर २०२७.१९ बिन्दुमा कायम भएको हो । आइतबार ६५ लाख १५ हजार ८५२ कित्ता शेयरको खरिदबिक्री हुँदा बजारमा २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८०६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

अघिल्लो कारोबार दिन बिहीबार बजार ५७.७४ अंकले झरेर २०२२.६४ बिन्दुमा बन्द भएको थियो ।

कारोबारमा आज सर्वाधिक नाफा कमाउनेमा क्रमशः विजय लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंक, अभियान लघुवित्त वित्तीय संस्था, मिरमिरे लघुवित्त वित्तीय संस्था रहेका छन् । सर्वाधिक गुमाउनेमा सिटिजन मिच्युल फण्ड, जनउत्थान समुदाय लघुवित्त वित्तीय संस्था, ग्लोबल आईएमई ब्यालेन्स फण्ड, नेपाल इन्भेस्टमेन्ट मेघा बैंक रहेका छन ।

त्यसैगरी हिमालयन डिस्टिलिरी लिमिटेडले १० करोड ५८ लाख ७० हजार ९७ रुपैयाँको कारोबार गरेर शीर्ष स्थान कायम गरेको छ ।

आइतबार बजार पूँजीकरण २९ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *