नेपालले पहिलो पटक ओलम्पिक छनोट आयोजना गर्ने – Nepal Press

नेपालले पहिलो पटक ओलम्पिक छनोट आयोजना गर्ने

काठमाडौं । नेपालले पेरिस ओलम्पिक २०२४ का लागि महिला ओलम्पिक फुटबल एसियन छनोट आयोजना गर्ने भएको छ ।

छनोटमा नेपालसँगै भियतनाम, प्यालेस्टानइन र अफगानिस्तान समूह ‘सी’ मा छन् । प्यालेस्टाइनले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि नेपालले भेतनाम र अफगानिस्तानसँग मात्रै प्रतिस्पर्धा गर्नेछ ।

पहिलो चरणको खेल अप्रिल ३ देखि ११ सम्म आयोजना हुनेछ । पहिलो चरणको खेलमा समूह विजेता बन्ने टीमले दोस्रो चरण खेल्नेछ । उत्तर कोरिया, अष्ट्रेलिया, चीन, जापान र दक्षिण कोरिया यसअघि नै दोस्रो चरणमा पुगिसकेका छन् । दोस्रो चरणमा सबै टीमहरूलाई तीन समूहमा विभाजन गरिनेछ ।

सबै समूहको विजेता र एक उत्कृष्ट उप-विजेता तेस्रो चरणको प्रतियोगिताका लागि छनोट हुनेछन् । तेस्रो चरणका शिर्ष दुई टीले पेरिस ओलम्पिकमा स्थान बनाउनेछन् ।

नेपालले ओलम्पिक छनोटको तयारीका लागि भारतसँग दुई मैत्रिपूर्ण खेल खेलेको थियो । भारतसँगको पहिलो खेल नेपालले २-२ को बराबरी र दोस्रो खेल गोलरहित बराबरी खेलेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर