रोनाल्डोको साउदी प्रो लिगमा अर्को ह्याट्रिक – Nepal Press

रोनाल्डोको साउदी प्रो लिगमा अर्को ह्याट्रिक

काठमाडौं ।  क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा अर्को ह्याट्रिक गरेका छन् । रोनाल्डोले ह्याट्रिक गरे अल नासरले घरेलु टोली डेमाक एफसीलाई ३–० ले सजिलै पराजित गर्यो ।

प्रिन्स सुल्तान विन अब्दुल्लाजिज स्पोर्ट्स सिटी स्टेडियममा अभामा शनिवार राति भएको खेलमा रोनाल्डोले पहिलो हाफमै ह्याट्रिक पूरा गरेका थिए ।

खेलको १८औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै अल नासरलाई सुरुवाती अग्रता दिलाए भने २३औँ मिनेटमा रोनाल्डोले सुल्तान अल घनामको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अल नासरलाई २–० को अग्रता दिलाए । ४४औँ मिनेटमा रोनाल्डोले अर्को गोल गर्दै ह्याट्रिक गरे । उनको ह्याट्रिकमा एमनको पासले भूमिका खेल्यो ।

रोनाल्डोले आफ्नो करिअरको ६२औँ  तथा अल नासरका लागि दोस्रो तथा ह्याट्रिक पूरा गरेका हुन् ।

यस जितसँगै अल नासर १८ खेलबाट ४३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर