प्रिमियर लिगमा आर्सनल र सिटीको जित – Nepal Press

प्रिमियर लिगमा आर्सनल र सिटीको जित

काठमाडाैं । इलिस प्रिमियर लिगमा आर्सनल र म्यान्चेस्टर युनाइटेडले जित निकालेका छन् ।

शनिवार राति सम्पन्न खेलमा लेस्टर सिटीलाई १–० गोलको नतिजामा पराजित गर्दै आर्सनलले तालिकामा तीन अंक जोडेको हो । आर्सनलको जितमा ग्राबियल मार्टीनेलीले ४६औँ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो ।

यस्तै, सिटीले रेलिगेसन जोनमा रहेको बर्नमाउथलाई ४–१ गोलको नतिजामा पराजित गरेको हो । बर्नमाउथलाई पराजित गरेसँगै सिटीले शीर्ष स्थानको आर्सनलसँग अंकदुरी छोट्याएको छ ।

सिटीको जितमा जुलियन आल्भरेज, एर्लिङ हालान्ड, फिल फोडेनले गोल गरेका थिए । चौथो गोल सिटी बर्नमाउथका क्रिस मेपहामको आत्मागाती गोल उपहार पाएको थियो ।

बर्नमाउथका जेफर्सन लेर्माले एक गोल फर्काए ।

शनिवार राती नै सम्पन्न अर्को खेलमा वेस्टहाम यूनाइटेडले नोटिङ्गम फरेस्टलाई ४–० गोलको नतिजामा पराजित गर्दा, लिड्स युनाइटेडले साउथह्याम्टनलाई १–० ले हरायो ।

जितसँगै आर्सनल २४ खेलबाट ५७ अंकसहित शीर्ष स्थानमा रहेको छ । जुन, दोस्रो स्थानको सिटीको भन्दा दुई अंक बढी हो । सिटी २५ खेलमा ५५ अंकसहित दोस्रो स्थानमा छ ।

लेस्टर सिटी २४अंकसहित १४औँ स्थानमा र बर्नमाउथ २१ अंक जोडेर रेलिगेसन जोनमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर