निष्पक्ष र तटस्थ रहेर संसद् सञ्चालन गर्ने सभामुखको प्रतिबद्धता – Nepal Press

निष्पक्ष र तटस्थ रहेर संसद् सञ्चालन गर्ने सभामुखको प्रतिबद्धता

काठमाडौं । सभामुख देवराज घिमिरेले सबैको सहयोगबाट निष्पक्ष र तटस्थ रहेर संसद् सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । ताप्लेजुङ सरोकार केन्द्रले शनिवार भक्तपुरको गुण्डुमा आयोजना गरेको वनभोज कार्यक्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा सभामुख घिमिरेले आफू प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि पनि ताप्लेजुङबासीले सम्मान गरेको स्मरण गर्दै जिल्लाको विकासका लागि आफू पनि सँगसँगै हिँड्ने प्रतिबद्धता जनाए । उनले जनताको जीवनमा परिवर्तन नभएसम्म, भौतिक निर्माणले मात्रै प्रगति मान्न नसकिने समेत धारणा राखे ।

कार्यक्रममा सरोकार केन्द्रका अध्यक्ष टंक श्रेष्ठले सभामुख घिमिरेलाई सम्मान गरेका छन् । सभामुखको जन्म ताप्लेजुङको सिकैचामा भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर