संविधानको रक्षा गर्दै शान्ति प्रक्रियालाई टुङ्ग्याउनु अहिलेको चुनौती : रामचन्द्र पौडेल (भिडिओ) – Nepal Press

संविधानको रक्षा गर्दै शान्ति प्रक्रियालाई टुङ्ग्याउनु अहिलेको चुनौती : रामचन्द्र पौडेल (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले संविधानको रक्षा गर्नु नै अहिलेको मुख्य चुनौती भएको बताएका छन्।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ७० वर्ष लडेर ल्याएर संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने बताए।

उनले भने, ‘हामीले संसदीय लोकतान्त्रिक व्यवस्था स्थापित गर्न सफल भएका छौँ। त्यो धेरै लामो प्रयत्नबाट सफल भएको हो। संविधान रक्षा गर्नु नै अहिलेको चुनौती हो। हामीले त्यसको सामना गर्नुपर्छ।’

शान्ति प्रक्रियालाई परिणाममा पुर्‍याएर मुलुकमा सुशासन कायम गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताए।

प्रतिक्रिया

One thought on “संविधानको रक्षा गर्दै शान्ति प्रक्रियालाई टुङ्ग्याउनु अहिलेको चुनौती : रामचन्द्र पौडेल (भिडिओ)

  1. तिमीहरू मालिकका आदेश पालकमात्र हौ । तिमीहरूको केही हैसियत छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर