सन्दीपबिनाको राष्ट्रिय टोली त्रिकोणात्मक श्रृंखलाका लागि यूएइतर्फ – Nepal Press

सन्दीपबिनाको राष्ट्रिय टोली त्रिकोणात्मक श्रृंखलाका लागि यूएइतर्फ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम त्रिकोणात्मक श्रृंखलाका लागि यूएई जान हिँडेको छ । विश्वकप लिग २ अन्तरगत घरेलु टिम यूएइ र पपुवा न्यूगिनीविरुद्ध ४ म्याच खेल्न नेपाली टिम हिँडेको हो ।

नेपालले भर्खरै घरेलु मैदानमा आयोजित त्रिकोणात्मक श्रृंखला क्लीन स्वीप गर्दै एक दिवसीय मान्यता र विश्वकपको ग्लोबल छनोटमा जाने सम्भावना जिवित राखेको छ । यूएइमा हिँडेको टिममा भने नेपालका प्रमुख बलर सन्दीप लामिछाने छैनन् । सन्दीपलाई विदेश यात्रामा अदालतले रोक लगाएकाले उनी छ १५ सदस्यीय टोलीमा परेका थिएनन् ।

सन्दीपले उच्च अदालतको फैसलाविरुद्ध दिएको निवेदनमा भोलि सुनवाइ छ । यदि अदालतले विदेश यात्राको प्रतिवन्ध फुकुवा गरेमा उनी यूएइ जान सक्नेछन् । नेपालले पहिलो म्याच २७ फेब्रुअरीमा खेल्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर