बढ्दो ब्याजदरको विरोधमा हाम्रो नेपाली पार्टीले थाल्यो रिले अनशन – Nepal Press

बढ्दो ब्याजदरको विरोधमा हाम्रो नेपाली पार्टीले थाल्यो रिले अनशन

काठमाडौं । बित्तिय आतंक र बढ्दो ब्याजदरको विरोधमा हाम्रो नेपाली पार्टीले रिले अनशन सुरु गरेको छ। आजदेखि एक एक सातासम्म काठमाडौंमा रिले अनशन थालेको हो।

६ बुँदे माग राख्दै आफूहरुले रिले अनशन थालेको पार्टीका अध्यक्ष ई.अनन्तराज घिमिरेले बताए। उनले आफ्नो माग तत्काल पूरा गर्न पुरा गर्न राष्ट्र बैंक र सरकारसँग माग गरेका छन्।

बैंकिङ ब्याजदर १ अंकमा ल्याउनुपर्ने, कन्तिमा २ बर्षलाई स्वेच्छिक किस्ता छनौट गर्नुपर्ने, कालो धनविरुद्ध नोटबन्दी गर्नुपर्नेलगायको माग गरेको छ। अनशन आजबाट १९ गतेसम्म जारी रहने अध्यक्ष घिमिरेले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर