देव र अर्जुनको सतकमा कुवेतलाई नेपालले दियो ३४४ रनको विशाल लक्ष्य – Nepal Press

देव र अर्जुनको सतकमा कुवेतलाई नेपालले दियो ३४४ रनको विशाल लक्ष्य

काठमाडौं । कप्तान देव खनाल र ओपनर अर्जुन कुमालको शतक प्रेरित यूएईमा जारी आईसीसी यू–१९ विश्वकप एसिया रिजन छनोटमा नेपालले कुवेतलाई ३४४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रनको योगफल तयार पारेको छ । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक १२५ रनको अविजित इनिङ खेले । उनले १ सय १७ बलमा ९ चौका र तीन छक्का प्रहार गरे ।
ओपनर अर्जुन कुमालले १ सय १२ बल खेल्दै १ सय ८ रन योगदान गर्दा अर्का ओपनर दीपक बोहरा २७ बलमा २ चौकासहित १३ रन बनाएर आउट भए । विशाल विक्रम केसी २३ रनि र दीपक बोहरा १९ रनमा पभेलियन फर्कँदा दीपक प्रसाद डुम्रे २० रनमा अविजित हरे ।

कुवेतका आर्स साहिल काज्मी र हेनरी थोमसले दुई–दुई विकेट लिँदा हाइबेर अली र जय महेशकुमार मेहेताले समान एक विकेट लिए ।
विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा नेपालले सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर