रामचन्द्र पौडेलको प्रस्तावक र समर्थकमा को-को छन् ? (सूचीसहित) – Nepal Press

रामचन्द्र पौडेलको प्रस्तावक र समर्थकमा को-को छन् ? (सूचीसहित)

काठमाडौं । राष्ट्रपतिमा आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता गराएका छन्। संसद् भवनमा पुगेर पौडेलले उम्मेदवारी दर्ता गराएका हुन्।

पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ, जनमत पार्टीका नेता अब्दुल खान, जसपाका नेता अशोक राई रहेका छन्।

यस्तै, समर्थकमा लोसपा अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र माओवादी नेता हितराज पाण्डे रहेका छन्।

प्रतिक्रिया

2 thoughts on “रामचन्द्र पौडेलको प्रस्तावक र समर्थकमा को-को छन् ? (सूचीसहित)

  1. रन्जिताले माग पूरा नभएसम्म कसैलमई पनि समर्षन नगर्ने भनेको होईन ? माओवादीले राष्ट्रिय सहमति भनेको होईन ? यिनको मुखको बोली हो कि के हो ? यी दिल्लीका टट्टुहरूको कुनै हैसियत नै रहेनछ । एमालेका उम्मेदवारलाई भोट नदिन दिल्लीले जन्माएका माओवादी र उन्मुक्ति पार्टी पनि यहि देशमा दर्ता भएका हुन् भन्दा पो रिस उठछ त । यस्ता खाते कुरा गर्ने त नेता छन् देशमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर