रवि लामिछानेलाई भेटेर रामचन्द्र पौडेलले मागे राष्ट्रपतिमा सहयोग – Nepal Press

रवि लामिछानेलाई भेटेर रामचन्द्र पौडेलले मागे राष्ट्रपतिमा सहयोग

काठमाडौं । आठ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिको उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्।

राष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्नुअघि लामिछाने निवास हात्तीगौंडा पुगेर नेता पौडेलले आफूलाई सहयोग गर्न आग्रह गरेका हुन्।

कांग्रेसको शनिवार बिहान बसेको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। पौडेलको आग्रहमा लामिछाने आफूले पार्टीमा छलफल गर्ने निर्णय गर्ने जवाफ दिएको लामिछानेको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

One thought on “रवि लामिछानेलाई भेटेर रामचन्द्र पौडेलले मागे राष्ट्रपतिमा सहयोग

  1. Rabi Ji, I am not sure if this picture is the one to show regular people that you are who you are. Please remove that chair, but it is already done. so maybe apologize is in order!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर