अब प्रदेशहरु आगामी दिनमा बलियो हुन्छ: उपेन्द्र यादव – Nepal Press

अब प्रदेशहरु आगामी दिनमा बलियो हुन्छ: उपेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)अध्यक्ष उपेन्द्र यादवले पुरानो गठबन्धन पुनः ब्यूतिएपछि अब प्रदेशहरु आगामी दिनमा बलियो हुने बताएका छन् ।

काठमाडौंबाट जनकपुरधाम आएका उनले विमानस्थलमा संचारकर्मीसँग भने, ‘अब बिस्तारै छलफल गर्दै अगाडि बढ्छौं । प्रदेश सरकारलाई स्रोत साधन र अधिकार सम्पन्न बनाउने छौं ।’

अध्यक्ष यादवले कर्मचारी प्रशासन र प्रहरी प्रशासन प्रदेश सरकारले नै परिचालन गर्नेगरी छलफल भएको पनि बताए । उनले उपराष्ट्रपति जसपा पाउने सहमति भएको बताएपनि कसलाई पठाउने खुलाएनन् ।

विमानस्थलमा अध्यक्ष यादवलाई स्वागत गर्न प्रदेशका अर्थमन्त्री संजय यादव र पूर्व राज्यमन्त्री योगेन्द्र राय यादव पनि पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर