राष्ट्रपति निर्वाचनमा एमालेले पनि थाप्यो ढोक्सा ! पृथ्वीसुब्बा गुरुङ भन्छन्- २५ गतेसम्म धेरै कुरा पाक्छ (भिडिओ) – Nepal Press

राष्ट्रपति निर्वाचनमा एमालेले पनि थाप्यो ढोक्सा ! पृथ्वीसुब्बा गुरुङ भन्छन्- २५ गतेसम्म धेरै कुरा पाक्छ (भिडिओ)

काठमाडौं । राष्ट्रपति निर्वाचनमा नेकपा एमालेले पनि ढोक्सा थापेको छ। नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर पुरानो गठबन्धनमा फर्काउन सफल भएपछि एमालेले पनि ढोक्सा थापेको हो।

चुनावअघिको गठबन्धन ब्यूँताएर माओवादीसहित आठ दलले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएपनि एमालेले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको छ।

आज बसेको सचिवालयको बैठकपछि प्रचार विभाग प्रमुख तथा प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भने, ‘पुस १० गतेको सहमति अनुसार हाम्रो पार्टीको तर्फबाट उम्मेदवारी दिन्छौँ। आठ दलीय बनेको छैन। सामान्य बसेर कुराकानी मात्रै भएको हो। कुनै सम्झौता भएको छ र ? पुरानो गठबन्धन टुट्यो भनेर कतैबाट आएको छ र ? यो त उहाँहरूले बनाएको प्रश्न मात्रै हो।’

फागुन २५ गतेसम्म कांग्रेसबाहेक अरू दललाई सहमतिमा ल्याउन पहल गर्ने बताए।

उनले भने, ‘हिजोको निर्णयले पहिलाको सहमतिमा थोरै तलमाथि भएको मात्रै हो। फागुन २५ गतेसम्म धेरै कुरा पाक्छ होला नि। हामी त्यसमा अब लाग्छौँ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर