राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिने विषयमा छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै – Nepal Press

राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिने विषयमा छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिने विषयमा छलफल गर्न एमालेको सचिवालय बैठक आज बस्न लागेको हो ।

पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

बैठक बिहान ९ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बस्नेछ । राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन र यही फागुन २५ गते निर्वाचन हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तोडेका छन् । प्रधानमन्त्री प्रचण्ड पुरानै गठबन्धनमा फर्किएपछि एमाले सरकारबाट बाहिरिने तयारी गरेको हो ।

प्रतिक्रिया

2 thoughts on “राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिने विषयमा छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै

  1. एमालेलाई सुझाव – आज एमालेले आफ्नो तर्फबाट उम्मेद्वार घोषणा मात्र गर्ने । पत्रपत्रिकामा नयाँ गठबन्धन बनेको भन्ने सुन्नमा आएको, त्यस्तो ओैपचारिक निर्णय कहि कतै नदेखिएको अवस्थामा आफ्नो उम्मेदवारको पक्षमा मत माग्ने र जिताउने निर्णय गर्ने । सरकार छोडिहाल्ने निर्णय नगर्ने । २५ गते चुनावसम्म यतिकै हुन दिने । हारेमा माओवादीले पुस १० को समझदारी तोडेकाले भनेर सरकार छोडने । काँग्रेसले राष्ट्रपति जितिसकेको अवस्थामा उसको हात माथि पर्छ । त्यसपछि नयाँ भनिएको गठबन्धनमा रस्साकस्सी शुरू हुन्छ र प्रचण्डले विश्वासको मत माग्दा बहुमत नै नपुगेर ७६(३) अनुसारको सरकारलाई समर्थन गर्ने भनेर काँग्रेसलाई आस देखाउने । काँग्रेसले पनि लफडाको कारण प्रचण्डलाई भोट नहाल्ने वातावरण बन्न सक्छ । नभए पनि दिल्लीका टट्टुहरूको गाईजात्रा जनताले देख्नेछन् ।

  2. सोच बिचार नगरी सरकार नछोडौ ! आखिर ढिलो चाडो परिस्थिति बदलिन्छ ! मिलेपनी छुटेपनी यिनै पार्टी सङै त हो ! सरकार छोडेर के पाइन्छ? मात्र गुमाईन्छ! फेरि अर्को कसरत मा पनि यस्तै छलकपटकै शृङ्खला नै त दोहोरिने हो नि ! सोचौ बहुत सोचौं !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर