यू-१९ विश्वकप छनोट : सिंगापुरलाई हराउँदै नेपालको विजयी सुरुवात – Nepal Press

यू-१९ विश्वकप छनोट : सिंगापुरलाई हराउँदै नेपालको विजयी सुरुवात

काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया रिजन छनोटमा सिंगापुरलाई ९६ रनले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको छ ।

टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै नेपालले २ सय ६२ रनको लक्ष्य सिंगापुर सामु प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको सिंगापुरले ५० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६५ रन मात्रै बनायो ।

सिंगापुरका लागि आर्यन मोदीले सय बल खेल्दै २ चौकासहित सर्वाधिक ५८ रन योगदान गरे । शिद्दान्त श्रृकान्त ४४ रनमा आउट भए । अर्जुन नागपाल र अभुदय चाजेर समान १४ रन बनाएर पभेलियन फर्कँदा अन्य ब्याटर दोहोरो अंकमा रन बनाउन चुके ।

नेपालका हेमन्त धामी र सुबास भण्डारीले समान दुई विकेट लिँदा विशाल विक्रम केशीले १ विकेट लिए ।

पहिला ब्याटिङ गरेको नेपालका लागि आकाश त्रिपाठीले सर्वाधिक ७८ रनको योगदान गरे । उनले सय बल खेल्दै ७ चौका र एक छक्का प्रहार गरेका थिए ।

ओपनर अर्जुन कुमाल ३७ रनमा आउट हुँदा, कप्तान देव खनालले २१ रन जोडे ।

दिपक बोहराले १७ रन र दिपक प्रशाद डुम्रेले १० रन जोड्दा, विशाल विक्रम केसीले ५४ बलमा ४ चौका र २ छक्कासहित ६३ रनको अविजित इनिङ खेले ।

सिंगापुरका आर्यभिर चौधरी र अबुदय चाजेरले समान दुई विकेट लिए भने, आदित्य बर्गाभा र मिथ्यू भाटियाले एक–एक विकेट दिए ।

हङकङ, मलेसिया, सिंगापुर, यूएई र कुवेत सम्मिलित प्रतियोगितामा नेपालले दोस्रो खेल कुवेतसँग सनिबार खेल्नेछ । तेस्रो खेल सोमबार हङकङ, चौथो मंगलबार मलेसिया र अन्तिम खेलमा बिहीबार घरेलु टिम यूएईका् सामना गर्नेछ ।

सिंगल राउन्ड रोबिन पद्धतिमा हुने खेलको विजेता टिमले २०२४मा श्रीलंकामा आयोजना हुने यू-१९ विश्वकप खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर