एमालेको प्रतिक्रिया : प्रधानमन्त्रीबाट धोकाको राजनीति र अस्थिरताको विजारोपण भयो – Nepal Press

एमालेको प्रतिक्रिया : प्रधानमन्त्रीबाट धोकाको राजनीति र अस्थिरताको विजारोपण भयो

भोलि बैठक बसेर गठबन्धनबारे निर्णय लिने

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आज बालुवाटारमा आठ दलको बैठकको निर्णयले देशमा नयाँ अस्थिरताको विजारोपण गरेको जनाएको छ । पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता गठवन्धनको भविष्यसमेत अनिश्चित बनेको बताए ।

नेपाल प्रेससित कुरा गर्दै ज्ञवालीले गठवन्धनको सबैभन्दा बढी लाभ लिएका प्रधानमन्त्री प्रचण्डले नै गठवन्धनका सहयात्री दललाई धोका दिएको बताए ।

उनले भने, ‘उहाँको राजनीतिलाई धोकाधडी, दाउपेच र सौदावाजीको विषय बनाउनुभयो । अब हामीले नयाँ ढंगले सोच्नुपर्ने परिस्थिति निर्माण भएको छ ।’

अहिलेको राजनीतिक चक्रब्यूहको असर नेपाली राजनीतिमा दुरगामी पर्ने उनले बताए । सत्तारुढ गठबन्धनको भविष्य अनिश्चित बनेको समेत उनको भनाइ छ ।

विकसित घटनाक्रमबारे एमालेले भोलि सचिवालय बैठक बसेर आफ्नो धारणा बाहिर ल्याउने भएको छ ।

 

प्रतिक्रिया

One thought on “एमालेको प्रतिक्रिया : प्रधानमन्त्रीबाट धोकाको राजनीति र अस्थिरताको विजारोपण भयो

  1. अब एमालेले यो हत्यारालाई प्रधानमन्त्री मान्ने कुरै छैन । नयाँ गठबन्धनले सरकार लगायत विषयमा निर्णय गरेको छैन । त्यो निर्णय गर्नु पूर्व एमाले लगायतले प्रचण्डलाई हत्यारा मान्ने प्रधानमनत्री नमान्ने निर्णय गर्नुपर्छ । त्यसपछि काँग्रेसको हात माथि पर्छ । अनि काँग्रेसले हत्यारालाई धोवीलाई जस्तो चुटछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर