कांग्रेसलाई राष्ट्रपति दिने आठ दलबीच सहमति (भिडिओ) – Nepal Press

कांग्रेसलाई राष्ट्रपति दिने आठ दलबीच सहमति (भिडिओ)

काठमाडौं । बालुवाटारमा बसेको आठ दलको बैठकले नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति गरेको छ । पुरानो सत्ता गठबन्धनका ५ दल र थप तीन दलको बैठकले सो निर्णय गरेको नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले जानकारी दिए ।

नेपाली कांग्रेसलाई दिने सैद्धान्तिक निर्णय भए पनि व्यक्तिको बारेमा निर्णय भएको छैन ।

नेपाली कांग्रेसले भोलि बिहान बैठक बसेर कसलाई राष्ट्रपति बनाउने भन्ने तय गर्ने छ । कांग्रेसबाट शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौलालगायत चर्चामा छन् ।

आजको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी सहभागी थिए । बैठकमा पछि जनमत पार्टी, लोसपा र नागरिक उन्मूक्ति पार्टी पनि थपिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले नै ठूलो दल भएको हैसियतले कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा बैठकमा सहभागी सबै दलले समर्थन गरेको ज्वालाले बताए । व्यक्तिका सन्दर्भमा कांग्रेसले आफैं निर्णय लिने उनको भनाइ थियो ।

प्रतिक्रिया

One thought on “कांग्रेसलाई राष्ट्रपति दिने आठ दलबीच सहमति (भिडिओ)

  1. राष्ट्रिय सहमतिको राष्ट्रपति भनेर प्रचण्डको मुखले बोलेको कि …..ले । लाज शरम पचाएर नाङ्गै कोहि हिड्यो भने त्यस्तालाई बहुलाएको वा पागल भन्नुभन्दा बाहेक अरू के हुन सक्छ ? भारतीय दलालहरू, मोदीका एजेण्टहरू एक ठाउँमा भए । अब देश अस्थिरतातिर र लुटतन्त्रतिर जाने भो । प्रचण्ड एमालेसँग हुँदा लुटन पाईदैन भनेर लुटेराहरूतिर गएको हो । लुटेराहरू एकतिर हुने नै भए । अब अर्थतन्त्र धरापमा पर्छ । एमालेले त अब तुरून्तै छोडिदिनुपर्छ । उन्मुक्ति पनि कस्तो दलाल रहेछ भनेर देखियो । र का एजेण्टले रन्जितालाई भेटे । माग पूरा नभएसमम कतैपनि भोट नहाल्ने भनेर चिच्याएकी रन्जिता अब कुन नाकले भोट हाल्न हिडदैछिन ? लाज नभएकाहरू । जनताले के भन्लान भन्ने पनि छैन ए यी डाकाहरूलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर