चर्च ब्वाइजलाई पराजित गर्दै मछिन्द्र केपी ओली कपको सेमिफाइनलमा – Nepal Press

चर्च ब्वाइजलाई पराजित गर्दै मछिन्द्र केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं । ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब चर्च ब्वाइज युनाइटेडलाई २-१ गोलको नतिजामा पराजित गर्दै केपी ओली कपको सेमिफाइनल प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा मछिन्द्रलाई जीत दिलाउन कप्तान सुजल श्रेष्ठ र रन्जित धिमालले गोल गरेका थिए । चर्च ब्वाइजको एक गोल मछिन्द्रका छिरिङ गुरुङले आत्माघाती उपहार दिएका थिए ।

खेलको १६औं मिनेटमा सुजलले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । अनोश मगरले पेनाल्टी एरियाको बायाँपट्टि विमल घर्तीमगरलाई फाउल गरेपछि मछिन्द्रले फ्रि-किक पाएको थियो । सोही फ्रि-किमा सुजलले उत्कृष्ट गोल गरेका थिए । पहिलो हाफको पाँच मिनेट बाँकी रहँदा रन्जितले मछिन्द्रको अग्रता दोब्बर पारेका थिए ।

पहिलो हाफ २-० को नतिजामा सकिएको खेलको ६६औं मिनेटमा मछिन्द्रका छिरिङले आत्माघाती गोल गर्दा चर्च ब्वाइजले एक गोल उपहार पायो ।

मछिन्द्रले फाइनल प्रवेशका लागि भोलि हुने केपी एफसी र जावलाखेल युथ क्लबबीचको विजेता टीमसँग प्रतिस्पर्धा गर्नेछ ।

आजै सम्पन्न पहिलो खेलमा न्यूरोड टीम (एनआरटी) लाई टाइब्रेकरमा पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरेको छ । आर्मीले सेमिफाइनलमा सातदोबाटो युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर