जसपाले बोलायो कार्यकारिणी समिति बैठक – Nepal Press

जसपाले बोलायो कार्यकारिणी समिति बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

राष्ट्रपति चुनावलाई लिएर विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक डाकिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार साँझ ६ बजे पार्टी कार्यालयमा बैठक बस्नेछ ।

राष्ट्रपतिको उम्मेदवारको विषयले वर्तमान सत्तागठबन्धन धर्मराइरहेको बेला पुरानो गठबन्धन ब्यूँताउने कसरतमा नेताहरू लागेका छन् । आज बिहान बालुवाटारमा बसेको बैठकमा नेताहरू साँझ ५ बजे पुन: बसेर टुंगोमा पुग्ने सहमति गरेर उठेका छन् ।

राष्ट्रपति, उपराष्ट्रपतिलगायतका विषयमा आ-आफ्नो दलमा छलफल गर्ने र साँझ निष्कर्षमा पुग्ने सहमति भएको बताइएको छ । जसपाले उपराष्ट्रपतिमा दाबी गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर