पुरानो गठबन्धनमा सीके राउत र महन्थ ठाकुरलाई पनि मिसाउने तयारी – Nepal Press

पुरानो गठबन्धनमा सीके राउत र महन्थ ठाकुरलाई पनि मिसाउने तयारी

काठमाडौं । साँझ पाँच बजे बस्ने पुरानो गठबन्धनको बैठकमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र लोसपा अध्यक्ष महन्थ ठाकुरलाई पनि बोलाइने भएको छ ।

राष्ट्रपतिबारे छलफल गर्न बसेको बालुवाटार बैठक सकारात्मकरूपमा अगाडि बढेपछि जनमत र लोसपालाई पनि बैठकमा सामेल गराउन लागिएको हो ।

अहिले बसेको बैठकमा राष्ट्रपतिमा एमालेबाहेकको सहमति जुटाउने सहमति भएको कांग्रेस महामन्त्री गगन थापाले दाबी गरेका छन् ।

बैठकमा कांग्रेस, माओवादी, जसपा र नेकपा एसका नेताहरू सहभागी थिए । हिजो साँझ माओवादी, नेकपा एस र जसपाबीच सहमति बनेपछि आज कांग्रेससँग बसेको थियो ।

त्यसो त बुधबार साँझ बालुवाटारमा बसेको बैठकले चुनावअघिको सत्तागठबन्धन ब्यूँताउने अनौपचारिक सहमति बनेको थियो । आजको बैठक त्यसैको निरन्तता भएको नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर