बार्सिलोना युरोपा लिगबाट बाहिरियो – Nepal Press

बार्सिलोना युरोपा लिगबाट बाहिरियो

काठमाडौं। क्याटलान क्लब बार्सिलोना युरोपा लिगको नकआउट राउन्ड चरणबाटै बाहिरिएको छ ।

बिहीबार राति शुरुवाती भएको खेलमा घरेलु टोली इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग २–१ ले पराजित हुदाँ युरोपाबाट बाहिरिन पुगेको हो ।

खेलको १७ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पेनाल्टी गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो ।

४७औं मिनेटमा फ्रेडले ब्रुनोको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि ७३औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाउँदै युरोपाको अन्तिम १६ मा स्थान पक्का गराए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर