तीन दलको बैठकपछि प्रचण्डले भने- केही टुंगो भएको छैन, भोलि ओलीजीसँग बस्छु (भिडिओ) – Nepal Press

तीन दलको बैठकपछि प्रचण्डले भने- केही टुंगो भएको छैन, भोलि ओलीजीसँग बस्छु (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनका सम्बन्धमा कुनै निष्कर्षमा नपुगेको बताएका छन् । आज नेकपा एस र जसपासँगको बैठकपछि उनले सबैको सबैसँग छलफल भइरहेको संक्षिप्त प्रतिक्रिया दिए ।

पत्रकारले राष्ट्रपति कसले पाउने भयो ? भनी सोधेको प्रश्नमा प्रचण्डले भने, ‘छलफल चलिराख्या छ, फाइनल भइसक्या छैन । भोलि एमाले अध्यक्षसँग पनि भेट्छु ।’

नेकपा ब्युँताउने हो कि पुरानो गठबन्धन भन्ने प्रश्नमा प्रचण्डले भने, ‘त्यस्तो केही टुंगो भएको छैन । सबैको सबैसँग छलफल भइराख्या छ ।’

प्रतिक्रिया

One thought on “तीन दलको बैठकपछि प्रचण्डले भने- केही टुंगो भएको छैन, भोलि ओलीजीसँग बस्छु (भिडिओ)

  1. बाँदरले हतियार चलाउँन नजान्दा ….च्यापियर मर्छ रे भन्थे । बेला त्यहि आएजस्तो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर