स्ववियु निर्वाचनका लागि अनेरास्ववियूको परिचालन कमिटी गठन (भिडिओ) – Nepal Press

स्ववियु निर्वाचनका लागि अनेरास्ववियूको परिचालन कमिटी गठन (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आसन्न स्ववियु निर्वाचनका लागि परिचालन कमिटी गठन गरेको छ ।

फाल्गुन ७ र ८ गते काठमाडौंमा बसेको स्थायी कमिटी बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले अध्यक्ष सुदेश पराजुलीको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय स्ववियु निर्वाचन परिचालन कमिटी गठन गरेको जनाएको हो ।

बैठकले स्ववियु निर्वाचनको स्वागत गर्दै अन्य विश्वविद्यालयमा पनि स्ववियु निर्वाचनको मिति घोषणा गर्न माग गरेको अनेरास्ववियूका अध्यक्ष पराजुलीले जानकारी दिनुभयो । पराजुलीले स्ववियु निर्वाचन निष्पक्ष, भयरहित, धाँधलीरहित र मर्यादित बनाउनका लागि अनुरोध गरिएको बताए ।

बैठकले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छाप्न दिने सरकारको निर्णय खारेज गर्न माग गरेको उनले जानकारी दिए ।

त्यस्तै बैठकले त्रिभुवन विश्वविद्यालय भित्रको निजीकरण तत्काल अन्त्य गर्न पनि माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर