पुरानो गठबन्धनको तीन दलका नेता छलफलमा जुट्दै – Nepal Press

पुरानो गठबन्धनको तीन दलका नेता छलफलमा जुट्दै

काठमाडौं । राष्ट्रपतिको निर्वाचनको विषयमा तीन दलबीच छलफल हुने भएको छ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच छलफल हुन लागेको हो ।

अहिलेसम्म भएका छलफल सकारात्मक भएकाले केही बेरपछि फेरि बैठक बस्ने जसपा अध्यक्ष उपेन्द्र यादवले बताए ।

उनले भने, ‘उहाँहरूबीचको कार्यव्यस्तताले बैठक केही समय रोकिएको हो । केही समयमा तीन दलको बैठक बस्छ । तीन दलबीच सहमति भइसकेपछि चार दलको बैठक बस्ने टुंगोमा पुग्नसक्छ।’

राष्ट्रपतिमा सत्ता गठबन्धनमा अविश्वासका बढेको बेलामा पाँच दलीय गठबन्धन ब्यूँताउनेबारे छलफल गृहकार्य भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर