नेपालले आईसीसीलाई पठायो १५ खेलाडीको नाम, छुटे सन्दीप – Nepal Press

नेपालले आईसीसीलाई पठायो १५ खेलाडीको नाम, छुटे सन्दीप

काठमाडौं । यूएईमा हुने विश्वकप लिग-२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)लाई १५ जना खेलाडीको नाम पठाएको छ ।

हालै घरेलु मैदानमा भएको श्रृंखलामा १४ सदस्यीय नेपाली टोलीमा रहेका सन्दीप लामिछाने र सूर्य तामाङ यूएई भ्रमणमा जाने सूचीमा समावेश छैनन् ।

अदालतले सन्दीपलाई विदेश जान रोक लगाएकाले उनी नेपाली टोलीमा छुटेका हुन् । भर्खरै घरेलु मैदानमा सम्पन्न विश्वकप लिग-२ कै त्रिदेशीय श्रृंखलामा सन्दीपले चार खेल खेल्दै सर्वाधिक १३ विकेट लिएका थिए ।

आईसीसीलाई पठाइएको नामावलीमा प्रतिस जीसी, श्याम ढकाल र आरिफ शेख पनि छन् । उनीहरु तीनै जना अघिल्लो श्रृंखलामा रिजर्भमा थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर