नेप्से ५७ अंकले घट्दा ३७ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट – Nepal Press

नेप्से ५७ अंकले घट्दा ३७ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से दोहोरो अंकले ओरालो लागेको छ ।

बिहिबार नेप्से परिसूचक ५७.७४ अंकले घटेर २०२२.६४ बिन्दुमा बन्द भएको छ । आज ६३ लाख २६ हजार १०५ कित्ता सेयरको किनबेच हुदा बजारले २ अर्ब ५२ करोड २७ लाख १३ हजार १५३ रुपैयाँको कारोबार गरेको छ ।

अघिल्लो दिन वुधबार मात्रै ३३.६७ अंकले बढेको नेप्सेले १ अर्ब ८० करोड ३२ लाख ८२ हजार १८० रूपैयाँको कारोबार गरेको थियो । बजार दोहोरो अंकले घटे पनि कारोबार रकम भने बढेको छ ।

त्यसैगरी, आज ३७ कम्पनीको सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ । छिमेकी लघुवित्त वित्तीय संस्थाले ८ करोड ७० लाख ७३ हजार ३२ रुपैयाँ बराबरको सेयर कारोबारसहित शिर्ष स्थानमा रहेको छ ।

साताभरी नेप्से बजार बुधबार मात्रै बढेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *