पूर्वन्यायाधीशलाई राष्ट्रपति बनाउन नहुने बहसमा ईश्वर खतिवडा नेतृत्वको न्यायाधीश समाजको आपत्ति – Nepal Press

पूर्वन्यायाधीशलाई राष्ट्रपति बनाउन नहुने बहसमा ईश्वर खतिवडा नेतृत्वको न्यायाधीश समाजको आपत्ति

काठमाडौं । न्यायाधिश समाजले पूर्वन्यायाधीशलाई राष्ट्रपति वा उपराष्ट्रपति बनाउन नहुने बहसप्रति आपत्ति जनाएको छ ।

सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश ईश्वर खतिवडा नेतृत्वको न्यायाधीश समाजले संविधानमा रहेको व्यवस्था, कानूनी प्रावधान, अन्तर्राष्ट्रिय अभ्यासलाई बेवास्ता गर्न खोजिएको र पूर्वाग्रह राखिएको समाजद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

‘सेवा निवृत्त न्यायाधीशहरूको सिंगो समूहलाई राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचन प्रकृयाबाट अलग वा बाहेक गर्ने नियोजित बहिष्करणको बदनियतपूर्ण दृष्टिकोण स्वतन्त्र न्यायपालिका, कानूनको शासन, संविधानवाद् तथा पूर्वन्यायाधीशहरूको मर्यादा र प्रतिष्ठा आदि कुनै दृष्टिले पनि स्वीकार्य छैनन् । निर्वाचनमा उम्मेदवार हुने वा नहुने भन्ने कुरा पूर्वन्यायाधीशलगायत योग्यता पुगेका आम नेपाली नागरिकको स्वतन्त्रता र इच्छाधीन विषय हो’, खतिवडाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर