वनवाटिकाको टिकट अब अनलाइनबाटै – Nepal Press

वनवाटिकाको टिकट अब अनलाइनबाटै

रुपन्देही । लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) को टिकट तथा सेड बुकिङ अब अनलाइन बैकिङमार्फत हुने भएको छ । यसका लागि शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले आईएमएसमार्फत अनलाइन टिकेटिङ सफ्टवेयर निर्माण गरी वनवाटिकालाई उपलब्ध गराइसकेको छ ।

बुधबार वनबाटिकामा आयोजित एक समारोहबीच शाइन रेसुंगा डेभलपमेन्ट बैंकले अनलाइन टिकेटिङ सिस्टमको क्यूआर कोड र चारवटा स्क्यान मेशिन वनवाटिकालाई हस्तान्तरण गरेको छ ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले प्रविधिको उच्चतम प्रयोगबाट नै व्यक्ति, संस्था र देशको आर्थिक कारोबार सुरक्षित, व्यवस्थित र पारदर्शी हुने भएकाले सबै आर्थिक कारोबारहरु डिजिटलाइज गर्दै जानु समयको आवश्यकता भएको बताए ।

डिजिटिल बैकिङले नगद बोकेर हिंड्नुपर्ने झन्झटको अन्त्य र सुरक्षित पनि हुने मात्र नभई नगद पैसा छाप्दा हुने राज्यको अर्बौं खर्च जोगिने भएकाले सिंगो देशलाई डिजिटलाइज बैकिङ प्रणालीमा लैजान सबैको ध्यान जानुपर्ने उनले औंल्याए ।

वनवाटिकाका अध्यक्ष बेलप्रसाद शर्माले अनलाइन टिकेटिङ सिस्टमले संस्था प्रविधियुक्त र आर्थिक कारोबार पारदर्शी हुने बताए । उनले वनवाटिकामा एक वर्षमा करिब साढे ३ लाख पर्यटक घुम्न आउने गरेकाले अनलाइन बैकिङले टिकट काट्न लाइनमा बस्न नपर्ने बताए ।

बैंककी प्रमुख सञ्चालन अधिकृत नम्रता थापाले बैंकले डिजिटल भुक्तानी प्रवर्द्घनलाई अभियानकै रुपमा अगाडि बढाएकोे बताइन् ।

त्यस्तै बैंकका ब्राण्डिङ तथा मानव संशाधन विभाग प्रमुख प्रभास राई, प्रमुख प्रविधि अधिकृत शैलेशकुमार श्रीवास्तव, र्ईसेवा क्षेत्रीय प्रबन्धक कमल सापकोटा र आईएमएसका शाखा प्रबन्धक आशिष भुसालले काठमाडौं बाहिर प्रधान कार्यालय रहेको र लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो शाखा सञ्जाल र धेरै ग्राहक भएको शाइन रेसुंगाले नेपाल राष्ट्र बैंकको नीतिअनुसार डिजिटल बैंकिङ साक्षरता र डिजिटल भुक्तानीलाई प्रवर्द्धन गरेको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *