धुम्बाराहीमा भावी राष्ट्रपतिबारे छलफल : माधव नेपाल पनि मिसिए – Nepal Press

धुम्बाराहीमा भावी राष्ट्रपतिबारे छलफल : माधव नेपाल पनि मिसिए

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा पुगेका छन् । राष्ट्रपति निर्वाचनबारे छलफल गर्नका लागि अध्यक्ष नेपाल धुम्बाराही पुगेका हुन्।

सचिवालय बैठकलगत्तै महासचिव वेदुराम भुसाल, घनश्याम भुसाल, प्रवेश हमाल त्यहाँ पुगिसकेका थिए । जसपा अध्यक्ष उपेन्द्र यादव केहीबेर बसेर निस्किसकेका छन् ।

बैठकमा सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका लगायत नेताहरु सहभागी छन् ।

आजै बसेको नेकपा एसको सचिवालय बैठकले राष्ट्रपतिमा प्रस्ताव आए तयार भएको निर्णय गरेको थियो । यसबारेमा अन्य दलसँग पनि छलफल गर्ने सो पार्टीले निर्णय गरेको छ ।
अध्यक्ष नेपाललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतासहित राष्ट्रपतिको प्रस्ताव गरेको चर्चा पनि आइरहेको छ । तर, नेपालले सचिवालय बैठकमा सामान्य कुराकानीमात्र भएको भन्दै  प्रस्तावबारे केही नभनेको एक नेताले बताएका छन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर